भन्सार विभागले वाणिज्य बैंकहरूलाई पत्र लेखेर बैंक तथा शाखाहरूमा विभिन्न पैठारीकर्ताहरूले निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) लिनका लागि राखेको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गरिदिन भनेको छ ।
भन्सार विभागका अनुसार झन्डै १५ हजार एक्जिम कोड जारी भइसकेको छ । एक्जिम कोड अन्तर्राष्ट्रियस्तरमा व्यापार गर्नका लागि प्रयोग गरिने अनुमतिपत्र हो । आयात तथा निर्यात गर्दा यसको प्रयोग गर्ने गरिएको छ ।भन्सार नियमावली संशाेधन, एक्जिम काेड जमानत फुकुवा गर्न परिपत्र
काठमाडौं । सरकारले भन्सार नियमावली संशोधन गरेको छ । भन्सार नियमावलीलाई १६औं पटक संशोधन गर्दै एक्जिम कोड प्रदान गर्दा भन्सार विभागको नाममा राख्दै आएको तीन लाख रुपैयाँ बराबरको जमानतसम्बन्धी व्यवस्थालाई हटाएको विभागले जनाएको छ ।