उदयपुरको चौदण्डीगढी-५ मा रहेको त्रियुगा नदीमाथि बनेर भत्किएको पुलमुनि माछा मार्ने क्रममा एक युवक बेपत्ता भएका छन् । सोमबार दिँउसो नुहाउन आएका चौदण्डीगढी-६ कालीखोला ३० वर्षीय सुरज राई माछा मार्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर बबिन राईले बताए ।

उनले भने, ‘ त्रियुगाको भत्किएको पुल मुनि माछा मार्ने क्रममा एक जना युवक बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी राखेका छौं।’

उनका अनुसार सुरजसँग उनका साथीहरू प्रताप राई र सुरेश माझी पनि नुहाउन आएका थिए । तर सुरज पुल मुनि भत्किएको पिल्लर मुनि माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।
35
Shares
२३ असार २०८२, सोमबार २०:१७