मेयर बालेन र भण्डारीको निजी निवास भंगालमा भेटवार्ता भएको हो । एमालेकै एक नेताले मेयर बालेनलाई भण्डारीसँग भेटघाटको तारतम्य मिलाएको जनाइएको छ ।
भेटवार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकाको पछिल्लोपटक भइरहेको विवादबारे चासो राखेकी थिइन् ।उनले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसक्नुको कारणबारे पनि बालेनसँग सोधखोज गरेकी थिइन् ।
विशेषगरी प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यसँग विविध विषयमा एकमत हुन नसक्दा कार्यपालिका बैठक बस्न सकेको छैन । बैठक बस्न नसकेपछि अहिलेसम्म महानगरले बजेट ल्याउन पनि सकेको छैन ।