उनले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति आपत्ति जनाए। आफूले अहिले पनि २० विगाह जग्गामा उखु खेती गरिरहेको उनले बताए।
सरकारसँग पैसा छैन भनेर उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्नु गलत भएको उनको भनाइ थियो। उनले मन्त्रीहरुलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने बताए।उनले भने, ‘यो सामान्य खेती गरेर मात्रै हुँदैन, तपाईंहरुलाई लाग्ला यसले बढी बोल्यो भनेर। तर म अहिले पनि २० विगाह उखु लगाउँछु। २० बिगाह छ मेरो। यो सरकारको सोच कति गलत छ हेर्नुस्। सभापतिजीलाई थाहा नै छैन। २५ वर्षदेखि सुगर किन्न अनुदान दिइरहेको थियो उखु किसानलाई। यस पटक अनुदान छैन, किनभने सरकारसँग पैसा छैन।’