विराटनगर । साथीहरुसँग पौडी खेल्न गएका १ जना बालकको डुबेर शनिबार मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका–२ का १३ वर्षीय बालक अर्पण लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

देउनिया खोला र मेची दोभानमा पौडी खेल्ने क्रममा दिउँसो ३ बजेतिर बालकको मृत्यु भएको हो । डुबेर मृत्यु भएको अवस्थामा बालकको शव फेला परेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

35
Shares
२१ असार २०८२, शनिबार १७:३७