विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाट प्रहरीले १ सय ६२ किलो गाँजा लोड गरिएको भारतीय कार नियन्त्रणमा लिएको छ । धरानबाट नडाहातर्फ आउँदै गरेको एमएच ०२ बीपी ९७४२ नम्बरको सुजुकी कम्पनीको कारलाई शनिबार बिहानका राति २ः१० बजेतिर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कारको डिकीमा लुकाएर राखेको अवस्थामा ५ वटा प्लाष्टिकका पोका र ३ वटा जेब्रा झोलामा १ सय ६२ किलो गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । प्रहरीलाई देख्नसाथ कार सडकमै छाडेर चालकसहित २ जना फरार भएका थिए ।

फरार भएकाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । गाँजासहित कारलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगेर राखिएको छ ।
14
Shares
२१ असार २०८२, शनिबार १४:२५