सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा प्रविधिगत समस्या आएपछि यातायात व्यवस्था विभागले सबै सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ। विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा आएको समस्याका कारण ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक सेवासमेत सञ्चालन गर्न नसकिने जनाएको हो।

विभागका अनुसार समस्या समाधानका लागि प्राविधिक टोली खटाइएको छ र समस्या चाँडै समाधान हुने अपेक्षा गरिएको छ। तर, अर्को सूचना नआएसम्म सेवाहरू बन्द नै रहने स्पष्ट गरिएको छ।

लाइसेन्स नवीकरण, नयाँ आवेदन, ट्रायल मिति प्राप्ति लगायतका काम रोकिँदा सेवाग्राहीहरू मर्कामा परेका छन्। विभागले सेवाग्राहीहरूलाई धैर्य धारण गर्न आग्रह गर्दै सुधारको काम तीव्र गतिमा भइरहेको जानकारी दिएको छ।

14
Shares
२० असार २०८२, शुक्रबार १५:५२