साइबर ब्युरोले असार १६ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गरेको हो। ब्युरोमा परेको उजुरीअनुसार पाठकले जयवीर देउवा (शेरबहादुर देउवाका छोरा) को नाम जोडेर ‘हिल्टनमा जयवीर देउवाको पैसा’ भन्ने शीर्षकमा सामग्री प्रकाशन गरेका थिए। उजुरीदाताले यसलाई घृणा फैलाउने र चरित्र हत्या गर्ने कार्य भन्दै कारबाहीको माग गरेका छन्।
अभियोगपत्रमा उल्लेख भएअनुसार, काठमाडौँस्थित हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको र दीपक भट्टमार्फत जयवीर देउवा होटलमा जोडिएका छन् भन्ने दाबीसमेत गरिएको थियो। सो सामग्री सार्वजनिक गर्न प्रयोग भएका कम्प्युटर, डिस्क, सफ्टवेयरलगायत साइबर उपकरण जफत गर्न माग गरिएको छ।
त्यसैगरी, पीडितलाई उचित क्षतिपूर्ति भराउनुपर्ने माग पनि अभियोगपत्रमा गरिएको छ। यस मुद्दामा पाठकमाथि एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको छ।