काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली सांसद राजेन्द्रप्रसाद पाण्डेले सचिवहरुलाई लक्षित गर्दै सनसनीपूर्ण आरोप लगाएका छन्। सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारलाई धम्की दिने सचिवहरुको ‘संलग्नता’ले कुलिङ पिरियडसम्बन्धी विधेयकमा चलखेल भएको दाबी गरे।

पाण्डेका अनुसार, रक्षा, गृह, संघीय मामिला र शिक्षा मन्त्रीहरूको लामो छलफलपछि दुई वर्षको कुलिङ पिरियडमा स्पष्ट सहमति बनेको थियो। तर, केही सचिवहरुले प्रधानमन्त्रीलाई “संयुक्त राजीनामाको धम्की” दिंदै विधेयकलाई प्रभावित पार्ने प्रयास गरेको भन्दै गम्भीर आशंका व्यक्त गरे।

‘हामीले पारित गरेको विधेयकमा अवकाश प्राप्त कर्मचारीले दुई वर्ष नपुगी संवैधानिक वा सरकारी पद पाउने छैन भनेर प्रस्ट लेखिएको छ’, उनले भने, ‘तर अहिले संसदमा आएको संशोधन विधेयकमा अनावश्यक कुरा थपिएको छ, जुन धम्कीपूर्ण ढंगमा गरिएको सचिवहरूको चलखेलको परिणाम हो।’

सांसद पाण्डेले यस्तो गतिविधिमा संलग्न सचिवहरूमाथि कारबाही नभएसम्म राज्य व्यवस्था समितिको बैठक नै नबस्ने चेतावनी पनि दिए।

56
Shares
१७ असार २०८२, मंगलवार १३:३८