स्क्रिनमै छोराको पीडा देखेर रुने आमा, विजय बरालको सफलतासँगै भावुक आमाको कथा
‘पूर्णबहादुरको सारङ्गी’ फिल्मले नेपालभर १७ लाखभन्दा बढी दर्शकको मन जित्यो। तर सोही फिल्मका नायक विजय बरालकी आमा चिनादेवीले भने हेर्न सकिनन् कारण थियो अन्तिम दृश्यमा छोराको मृत्यु देख्ने डर। मोबाइलमै हेर्दा पनि विजय रोएको दृश्य देखेर भक्कानिने चिनादेवीलाई अहिले गाउँमा छोराको चर्चा हुँदा गर्व लाग्छ। सन्तानले लोकप्रियता कमाएसँगै बुबाआमा पनि सम्मानित हुन थाले। विजय अब आमाबुबाको अधुरो सपना पूरा गर्ने अठोटमा छन् ,काठमाडौंमा घर बनाउने, आमालाई घुमाउने र सँगै रमाउने। फिल्ममा पीडित बाबु बनेका विजय, वास्तविक जीवनमा जिम्मेवार छोरा बनेका छन्।