नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेललाई ऐतिहासिक बनाउँदै लाओसलाई ९-० ले पराजित गरेको छ। सावित्रा भण्डारीले कप्तानी सम्हालेको यस खेलमा अञ्जना राना मगर पहिलो रोजाइ गोलकिपर बनिन् भने सरस्वती हमालले डेब्यू गरिन्।
यो प्याट्रिक डे वाइल्डको प्रशिक्षकका रूपमा पहिलो खेल पनि हो।
एएफसी महिला एशियन कप छनोट अन्तर्गत तास्कन्दमा भइरहेको प्रतियोगितामा नेपाल, उज्बेकिस्तान, श्रीलंका र लाओस रहेका छन्। समूह विजेता मात्र एशियन कपका लागि छनोट हुने भएकाले नेपालका लागि गोल अन्तर समेत निर्णायक हुने देखिन्छ।