मनसुनको आगमनसँगै डेंगु सङ्क्रमण तीव्र बन्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का अनुसार, पुसयता देशभर १,५६१ जनामा डेंगु पुष्टि भएको छ। पछिल्लो एक सातामै ९१ नयाँ केस भेटिएका छन्।
बागमती, गण्डकी र कोशी प्रदेशमा बढी संक्रमण देखिएको छ। विशेषगरी काठमाडौँ उपत्यका र शहरिया क्षेत्रहरूमा केस ह्वात्तै बढेका छन्।
विशेषज्ञहरू भन्छन् – सावधानी नअपनाए महामारीको रूप लिन सक्छ। “वार्निङ साइन” – बान्ता, नाकबाट रगत, पेट दुखाइ, प्लेटलेट घट्नु जस्ता लक्षण देखिए तुरुन्त चिकित्सकको सम्पर्कमा जान सुझाव।
🔬 नेपालमा डेंगुका ४ वटा सेरोटाइप सक्रिय, सबैभन्दा धेरै ‘सेरोटाइप ३’ भेटिएको।
🧼 उपाय:
घर वरिपरि सफा राखौं, पानी जम्न नदिऊँ, लामखुट्टेको लार्भा नष्ट गरौं। स्वास्थ्य मन्त्रालयले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिसकेको छ। सबै तहमा र्यापिड रेस्पोन्स टिम तयारी अवस्थामा छन्।