नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिबाट अवकाश लिनु अघि पार्टीलाई एकढिक्का बनाउने चाहना व्यक्त गरेका छन्। चितवनमा स्व. गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा देउवाले कांग्रेसभित्रको गुटबन्दी र टिकट वितरण विवादप्रति चिन्ता देखाउँदै भने, “हामी एक भए पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ।”

उनले गठबन्धनले कमजोरी छोप्ने भए पनि पार्टीभित्र एकता आउनुपर्नेमा जोड दिए। देउवाले संविधान समावेशी र राम्रो भएको तर बहुमत ल्याउन गाह्रो हुने बताए। कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पनि पार्टीको बलियो भविष्य र एकताको आवश्यकता औँल्याए।

21
Shares
१३ असार २०८२, शुक्रबार १६:५४