शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा हुने ‘मदन भण्डारी स्मृति दिवस’ अब केवल श्रद्धाञ्जली कार्यक्रम होइन।
स्रोतअनुसार, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी त्यही कार्यक्रममा सक्रिय राजनीतिमा पुनः प्रवेशको घोषणा गर्न लागेकी छिन्। एमाले स्थायी समिति सदस्य कर्ण थापाका अनुसार, भण्डारीले अबको बाटोबारे स्पष्ट र निर्णायक सन्देश दिनेछिन्।
पार्टी नेतृत्वमा फर्किने अड्कलबाजीहरू पनि तीव्र छन्। ओलीसँग हालैको भेटवार्ताले यो चर्चा थप बलियो बनेको छ। चीन भ्रमणपछिको भण्डारीको सक्रियता, र एमाले वृत्तमा बढ्दो चासोले भोलिको कार्यक्रम ‘राजनीतिक टर्निङ प्वाइन्ट’ बन्न सक्ने अनुमान गरिएको छ।