काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश तारादेवी महर्जनको इजलासले सोमबार मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शन हिंसात्मक भएपछि मिश्र पक्राउ परेका थिए। उनीमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसूरअन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
उक्त घटनासँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने आइतबार साँझ तीन लाख धरौटी बुझाएर रिहा भइसकेका छन्। घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाई भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।
63
Shares
३ असार २०८२, मंगलवार १८:३८