यो उद्धारले आपतकालीन अवस्थाका बिरामीहरूलाई समयमै सहायता पुर्याउन सकिने सरकारको प्रयासलाई उजागर गरेको छ।
सुत्केरीकाे हेलिकप्टरमार्फत उद्धार
विराटनगर । सङ्खुवासभाकी एक सुत्केरी महिलालाई अत्यधिक रक्तस्रावका कारण हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।
३८ वर्षीय अनिता श्रेष्ठले पाँच दिनअघि खाँदबारीस्थित जिल्ला अस्पतालमा शल्यक्रिया गरी बच्चा जन्माउनुभएको थियो। बच्चा सकुशल जन्मिए पनि श्रेष्ठको अत्यधिक रक्तस्राव भएपछि, नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँलाई काठमाडौंको थापाथालीस्थित प्रसूति गृहमा लगिएको हो।
स्वास्थ्य कार्यालय सङ्खुवासभाका फोकलपर्सन भवानी तिम्सिनाका अनुसार, श्रेष्ठलाई राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको हो।