प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीप्रति असन्तुष्ट: ‘एमालेमा ग्रुपबाजी र बाहिरको हस्तक्षेप अस्वीकार्य’
काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पछिल्लो राजनीतिक सक्रियताप्रति असन्तुष्टि जनाउनु भएको छ। ओलीले भण्डारीको गृहजिल्ला झापामा भइरहेको भेटघाटलाई पार्टीमा ‘अर्को खेल’ चलाउने प्रयासको रूपमा व्याख्या गर्दै आलोचना गर्नु भयो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औं महाधिवेशन उद्घाटनमा ओलीले “फलाना आउने रे” भन्ने चर्चा र ग्रुपबाजीलाई अनावश्यक बताउनु भयो। उहाँले महाधिवेशनबारे कुनै निर्णय नभइसकेको भन्दै बाहिरबाट पार्टी कार्यकर्ताको मनोबल कमजोर पार्ने प्रयास अस्वीकार्य भएको चेतावनी दिनुभयो।
ओलीले पार्टीभित्रका विषयहरू आन्तरिक रूपमा हल गर्नुपर्ने र बाहिर गएर गरिने आलोचना अनुशासनविपरीत भएको स्पष्ट पार्नुभयो।