काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खायामको मौसममा बाढी, पहिरो लगायतका मनसुनजन्य प्राकृतिक विपद्‌को जोखिम बढ्ने भएकाले सबै नागरिकलाई सचेत र सुरक्षित रहन आग्रह गर्नु भएको

प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै भन्नुभयो, “मनसुनजन्य विपद्बाट बच्न हर समय सजगता चाहिन्छ। प्रत्यक्ष सूचना प्राप्त गर्दै सुरक्षित उपाय अपनाउनु पर्छ।”

गएको जेठ १५ गते राति नेपालमा मनसुन प्रवेश गरिसकेको छ र हाल कोशी क्षेत्र आसपास यो प्रणाली सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनसँगै देशका विभिन्न भूभागमा भारी वर्षाका कारण बाढी, डुबान र पहिरोको सम्भावना बढेको छ।

प्रधानमन्त्रीले नागरिक, स्थानीय प्रशासन र सम्बन्धित निकायलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न पनि आग्रह गर्नुभएको छ ।

 
35
Shares
२४ जेष्ठ २०८२, शनिबार १५:०२