गर्मीजन्य थकान, स्ट्रोक, पेट दुख्ने समस्या र शरीरमा दाग देखिन थालेपछि यी देशहरूले यस्तो निर्णय लिएका हुन्।
खाडीका छ देशमा दिउँसोको घाममा काम गर्न रोक
गर्मी चरम बिन्दुमा पुगेपछि खाडी क्षेत्रका छ देश — साउदी अरब, युएई, कतार, कुवेत, ओमान र बहराइनले दिउँसोको समयमा सिधा घाम पर्ने ठाउँमा श्रमिकलाई काम गर्न प्रतिबन्ध लगाएका छन्।
देशअनुसार प्रतिबन्धको समय तालिका फरक–फरक रहेको छ। गर्मी याममा खाडीमा तापक्रम ४० देखि ५५ डिग्री सेल्सियससम्म पुग्न थालेको छ, जसले स्वास्थ्य जोखिम बढाएको छ।
ह्युमन राइट्स वाचले श्रमिकको सुरक्षाका लागि कदम चाल्न आह्वान गर्दै यस्तो तापक्रममा काम गराउनु मानवअधिकार उल्लंघन हुन सक्ने चेतावनी दिएको छ। तर, अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीहरूले यी नीतिको कार्यान्वयन प्रभावकारी नभएको टिप्पणी गरेका छन्।