विराटनगर । अटिजम भएका बालबालिकाको शैक्षिक, सामाजिक र आन्तरिक विकासमा समर्पित संस्था ‘अटिजम केयर सोसाइटी विराटनगर’ले विराटनगर–४, प्रगति मार्गमा २०७५ साल देखि बहुआयामिक सेवा प्रदान गरिरहेको छ।
संस्थाले अटिजम भएका बालबालिकामा देखिने व्यवहारिक, संज्ञानात्मक तथा सामाजिक चुनौतीहरू समाधान गर्न अनुभवी विशेषज्ञको सहयोगमा विशेष शिक्षा, थेरापी र तालिममार्फत सेवा दिँदै आएको छ। यसको उद्देश्य बालबालिकालाई आत्मनिर्भर बनाउनु, उनीहरूको व्यक्तित्व विकास गर्नु र समाजमा सामान्य व्यक्ति जस्तै जीवन यापन गर्न सक्षम बनाउनु हो।
संस्थाबाट प्रदान गरिने सेवाहरूमा विशेष शिक्षा, प्रारम्भिक हस्तक्षेप थेरापी, फिजियोथेरापी, व्यावसायिक थेरापी, नृत्य, संगीत, कला, वाक थेरापी, सेन्सोरी इन्टिग्रेसन थेरापी, व्यवहार सुधार तालिम, अभिभावक–बालक सहकार्य तालिम र चेतना अभिवृद्धि कार्यक्रमहरू समावेश छन्।

साथै, संस्था सिडिसि तथा विभिन्न विज्ञहरूको सहयोगमा प्रत्येक बालबालिकाको आवश्यकता मूल्यांकन गरी उनीहरूका लागि व्यक्तिगत योजना निर्माण गर्ने कार्य पनि गर्दै आएको छ।

संस्थाले स्थानीय अभिभावक, समुदाय र सरोकारवाला निकायलाई अटिजम भएका बालबालिकाको समग्र विकासमा सहकार्य गर्न आह्वान गरेको छ।

203
Shares
२१ जेष्ठ २०८२, बुधबार १४:२७