निःशुल्क उपचार सेवा पाउनका लागि केही आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ:
•अस्पतालको ओपिडी वा इमर्जेन्सी कक्षबाट चिकित्सकले हेरेको प्रमाण–पुर्जा,
•बिरामीको स्थायी वसोवास रहेको गाउँपालिका वा नगरपालिकाबाट प्राप्त विपन्न नागरिक सिफारिस,
•बिरामीको नेपाली नागरिकताको प्रतिलिपि।
हस्पिटलका अनुसार, कार्यक्रममार्फत वास्तविक रूपमा आर्थिक रूपमा कमजोर बिरामीहरूले जीवनरक्षक उपचार निःशुल्क रूपमा पाउनेछन्।