काठमाडौँ–हेटौडा जोड्ने कान्तिराजमार्ग चार दिनका लागि बन्द हुने
विराटनगर । काठमाडौँ र हेटौडालाई जोड्ने प्रमुख सडक मार्ग कान्तिराजमार्ग चार दिनका लागि पूर्णरूपमा बन्द हुने भएको छ। आगामी जेठ २१ गतेदेखि २४ गतेसम्म उक्त राजमार्गमा सवारी आवागमन बन्द रहनेछ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनाअनुसार, बगुवा बागमती खोलामा पर्ने बेली ब्रिज जडान कार्यका कारण राजमार्ग बन्द गर्न लागिएको हो। यो कार्य सडक सुधार योजनाअन्तर्गत सञ्चालन हुँदैछ।
यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिँदै प्रशासनले कुलेखानी–कलङ्की–हनुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग प्रयोग गर्न आग्रह गरेको छ। यात्रुहरूलाई असुविधा नहोस् भनी समयमै वैकल्पिक योजना बनाउन अनुरोध गरिएकोछ।