काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारका लागि घोषणा गरिएको राजावादीहरूको बन्द नेताहरूको रिहापछि फिर्ता लिइएको छ। तर, सार्वजनिक यातायात व्यवसायीहरूले भने आजदेखि अनिश्चितकालका लागि देशभर यातायात बन्द गरेका छन्।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को अगुवाइमा सुरु गरिएको आन्दोलनले राइड सेयरिङको विरोध गर्दै गाडीहरू ग्यारेजमै थन्क्याइएको छ। गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई भाडाको सरह प्रयोग गर्न दिने नियमावली खारेज गर्न माग गर्दै व्यवसायीहरूले सरकारलाई सार्वजनिक यातायात जोगाउन अपिल गरेका छन्।

 
56
Shares
१९ जेष्ठ २०८२, सोमबार १०:०२