अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष मध्यपूर्व दूत स्टीभ विटकोफले तयार पारेको मस्यौदाप्रति हमासले आफ्नो आधिकारिक उत्तर दिएको हो ।
विशेषदुत स्टीभ विटकोफले भने आफूले हमासको प्रतिक्रिया पाएको तर यो पूर्ण रूपमा अस्वीकार्य रहेको बताउनुभएको छ ।
इजराली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले एक विज्ञप्तिमा इजरायलले आफ्ना बन्धकहरूको मुक्तिको लागि अद्यावधिक विटकोफ योजना स्वीकार गरिसकेको अवस्थामा हमास अझै पनि सहमतिमा आउन नसकेको बताउनुभएको खबरमा उल्लेख छ ।
हमास, जसलाई अमेरिका, बेलायत र युरोपेली सङ्घले आतङ्ककारी समूहका रूपमा सूचीवद्ध गरेका छन् । उसले गाजाबाट इजरायली फौजको पूर्णरुपमा फिर्ता र स्थायी युद्धविरामको अडान दोहाेर्याएको छ ।