विराटनगर । संयुक्त स्वतन्त्र चालक संघ(नेपाल( ट्रेडयुनियन)ले आज यहाँ चालकहरुको पेशागत हक हितमा प्रतिवद्धता आज व्यक्त्त गरेको छ।

संघका अध्यक्ष संजयदेव बान्तावाले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा चालकहरुको सामाजिक र आर्थिक अधिकारको सुनिश्चिता,सावारी क्षेत्रमा व्याप्त अव्यवस्था एवं दण्डहीनता शोषणको अन्त्य गर्ने जानकारी दिनुभएको छ।

चालकहरुको आवाज उठाउने संस्थागत माध्यमको रुपमा संघ दृढ र जिम्मेवारीपूर्वक कार्य गर्ने उहाँले बताउनु भयो ।

संघले दुर्घटनामा परेका चालक तथा परिपालाई तत्काल राहत,उपचार सहायता र बीमा सुविधा उपलव्ध गराउने, चालकहरुका छोराछोरीलाई शिक्षा, स्वास्थ्यमा छात्र वृत्तिको व्यवस्था गर्ने,आपतकालीन अवस्थामा तत्काल राहत र उद्धारका लागि संजालको निर्माण गर्ने,सुरक्षा कोषको व्यवस्था गर्नु संघ संस्थापनाको उद्देश्य रहेको छ।

वरिष्ठ उपाध्यक्ष नरेश वुढाथोकीले संघमा साना तथा ठूला सवारी चालकहरु आवद्ध रहेका बताउनुभयो।
28
Shares
१७ जेष्ठ २०८२, शनिबार १९:३४