‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो,’ अध्यक्ष लिङ्देनले भन्नुभयो ।
आफूहरुले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेको उहाँले बताउनु भयो। राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गर्नुभएको छ ।
त्यस दिन ओलीले काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई सोहीअनुसार आवश्यक तयारी गर्न निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति राजावादी संस्थाहरु, राजनीतिक दलहरु र तिनका नेताका साथै राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रधानमन्त्री ओलीको उक्त आपत्ति जनाएका छन् ।