विराटनगर । बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेसँगै उपविजेता बनेको छ।
साथै नेपालले  १ रजत र ४ कांस्य पनि हात पारेको छ । त्यसमा बन्दी सहायता नियोग (पाम) का ५ खेलाडी मध्य ४ ले स्वर्ण र  १ ले कांस्य जितेका छन् ।
प्रतियोगितामा नेपालबाट १२ जना खेलाडी सहभागी मध्य

पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए । पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान ति खत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य हात पारे ।

प्रतियोगितामा बङ्गलादेशको बीकेएसपी टोली बिजेता बन्यो । उक्त टोलीले  ६ स्वर्ण, ८ रजत र १० कांस्य गरी २४ पदकका प्राप्त गर्यो  ।

56
Shares
१३ जेष्ठ २०८२, मंगलवार १४:५१