अहिले एक तहको कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको छ भने बाँकी अर्को तहको कालोपत्रे तीव्र गतिमा भइरहेको महानगर प्रवक्ता सन्तोष न्यौपानेले जानकारी दिनुभयो।
यो सडक खण्ड १० वर्षभन्दा बढी समयदेखि बिग्रिएको अवस्थामा रहेको थियो। धुलो र हिलोका कारण हैरान बनेका स्थानीयवासीले पटक–पटक आन्दोलन, सडक अवरुद्ध तथा नेताहरूको बहिष्कारजस्ता कार्यक्रमसमेत गरेका थिए।स्थानीय जनदबाबसँगै महानगर प्रमुख नागेश कोइराला, वडा नम्बर ५ का जनप्रतिनिधि तथा संघीय सांसद डा.शेखर कोइरालाको निरन्तर पहलपछि सडक निर्माण अघि बढेको हो।
सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीहरुले खुसी व्यक्त गरेका छन्। उनीहरूले अब सहज यात्रा र धुलो–हिलोबाट मुक्ति मिल्ने आशा गरेका छन्।