विराटनगर । विराटनगर स्थीत मानगढ खानेपानी आयोजनाको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित भट्टराईले १ हजार ८ सय ८९ मतले प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी रामवहादुर घिमिरेले १ हजार १ सय ५४ मत प्राप्त गर्नुभएको भएको थियो ।

खानेपानीको उपभोक्ता समितिको महिला उपाध्यक्षमा सावित्रा पोखरेलउपाध्यक्षमा भोलानाथ घिमिरे, सचिवमा प्रदीपकुमार नेपाल, कोषाध्यक्षमा सरोज घिमिरे निर्वाचित हुनु भएको छ ।

मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९ सय ८८ उपभोक्ता मध्ये शनिबार भएको निर्वाचनमा ३ हजार ९६४ जनाले मतदान गरेका थिए ।

गत वर्ष मानगढ खानेपानी कै निर्वाचनको विषयले एमाले मोरङमा विवाद मच्चिएको थियो । संस्थापन पक्षले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै विनोद ढकाल समूहबाट खानेपानीको निर्वाचनमा खटिएका तत्कालिन नगर अध्यक्ष सागर थापा, नवराज नेपाल र उम्मेदवार लालमणि भट्टराईलाई कारवाही गरेको थियो ।

मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनको लागि २०८१ जेठ १९ गते भएको निर्वाचन उच्च अदालत विराटनगरले बदर गरेपछि पुन मतदान भएको हो ।

98
Shares
१२ जेष्ठ २०८२, सोमबार १०:३१