संघका सचिव अमित सारडाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, संघका पूर्व अध्यक्ष तथा परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मून्दडा लगायतका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण विराटनगरका अधिकारीहरू, संघ तथा परिसंघका कार्यसमिति सदस्यहरू, युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरू, उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको समेत सक्रिय सहभागिता थियो।
कार्यक्रमले उद्योग क्षेत्रको विद्युत समस्या समाधानमा प्राधिकरणसँग सहकार्य गर्दै दीर्घकालीन समाधानको पहल आवश्यक रहेको सन्देश दिएको छ।