विराटनगर । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती सेवा विधेयक व्यवस्था गर्न लागिएको दुई वर्षे ’कुलिङ पिरियड’ हटाउन मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरूले लविङ थालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कुलिङ पिरियड नराख्न आग्रह गरेका उनीहरूले बिहीबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेट्न लागेका हुन्।

सचिवहरू सभामुख घिमिरेलाई भेट्न संघीय संसद सचिवालय सिंहदरबार पुगेका छन्।
49
Shares
८ जेष्ठ २०८२, बिहीबार १४:१४