विराटनगर । संखुवासभाको सभापोखरी गाउँपालिका–४ मा बिहीबार राति आएको बाढीपहिरोले यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ ।

 

गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार बाढीपहिरोका कारण सभापोखरी गाउँपालिका–३, ४ र ६ लगायतका वडामा यातायात, विद्युत् र टेलिफोन अवरुद्ध भएको छ ।

 

बाढीपहिरोले विभिन्न वडाका सडक र विद्युत् खम्बा बगाएको छ । बाढीले पोल बगाएपछि त्यस क्षेत्रमा शुक्रवारबाटै सबै सेवा अवरुद्ध भएको उपाध्यक्ष चापागाईं को भनाई छ ।

बाढीले सभापोखरी गाउँपालिका–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा समेत क्षति पुगेको छ । बाढी सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ ।

बाढीपहिरोले सभापोखरीका विभिन्न वडामा आधा दर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षति विवरण गाउँपालिकाले संकलन थालेको छ ।

14
Shares
३ जेष्ठ २०८२, शनिबार १६:३३