अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रको भ्रमण सम्पन्न गरेसँगै बन्धक र बेपत्ता परिवार फोरमले बन्धक रिहाइको ऐतिहासिक अवसर गुमाउनु ठूलो असफलता हुने र यो सधैँका लागि बदनामीमा स्मरणीय रहने बताएको एएफपीले जनाएको छ ।
समूहले बाँकी सबै बन्धकहरूलाई एकै चरणमा रिहा गर्ने वातावरण बन्ने आशा पनि व्यक्त गरेको छ ।ट्रम्पले आज बिहान संयुक्त अरब इमिरेट्स ९यूएई० को अबुधाबीमा आफ्नो चार दिने मध्यपूर्व भ्रमण पूरा गर्ने तयारी गरिरहेका बेला गाजा नागरिक रक्षा एजेन्सीले प्यालेस्टिनी क्षेत्रमा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको बताएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार यसै महिनाको शुरूमा गाजा क्षेत्र पुनः कब्जा गर्ने योजनालाई सरकारले अनुमोदन गरेपछि सेनाले गाजामा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ ।सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले इजरायलमाथि आक्रमण गर्दा झन्डै दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये ५७ जना अझै गाजामा रहेका र जसमा ३४ जनाको ज्यान गइसकेको इजरायली सेनाले पुष्टि गरेको छ ।