काठमाडौं । नेपाल साफ यू १९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।
साबिकको विजेता बंगलादेशसँग शुक्रबार भएको खेलमा नेपाल २–१ गोलमा पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो ।
बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे भने नेपालका लागि सुजन डंगोलले एक गोल फर्काएका थिए ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि नेपालले दोस्रो हाफको अन्तिम ९ मिनेट लय गुमाउँदा २ गोल खाँदै हार भोग्न बाध्य भयो । नेपालले लगत्तै १ गोल फर्काए पनि जित निकाल्न सकेन ।

अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ ।

21
Shares
२ जेष्ठ २०८२, शुक्रबार २२:३६