पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ पुरानो मंगलबारेमा बिहीबार राति ११स्१५ बजेतिर दुर्घटना भएको हो । पश्चिमतर्फ आउँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताउनुभयो।
उहाँका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको छ । ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएपछि गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा शुक्रबार बिहानका राति १ः३५ बजेतिर झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको डीएसपी जोशीले जानाकारी दिनुभयो ।उर्लाबारीकै मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा सम्भव नभएपछि लिम्बूलाई थप उपचारका लागि बी एन्ड सी लगिएको थियो । ट्यांकर र चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सीसी क्यामेरा फुटेजमा मोटरसाइकल र ट्यांकर एकआपसमा ठोक्किएको देखिन्छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।