न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले केहीबेरअघि मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । मिश्रमाथि गएको मङ्गलवार ८औं पटक थप ५ दिन म्याद थप भएको थियो ।
मिश्रलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै उहाँकी श्रीमती सारिका कार्कीले वैशाख ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिनुभएको थियो ।गएको चैत १५ गते राजावादीहरूले काठमाण्डौको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले त्यही दिन मिश्रलाई पक्राउ गरेको थियो । त्यो प्रदर्शनमा हिंसा भड्काउन संलग्न रहेको भन्दै प्रहरीले मिश्रलगायतमाथि विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।