यो जीतसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ । यस्तै हङकङ ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । यो समूहको अन्तिम खेलमा भोलि बहराइन र हङकङ खेल्दैछन् । यो खेलले नेपाल ‘सुपर थ्री’ मा पुग्ने/नपुग्ने टुङ्गो लाग्नेछ । यो खेल हङकङले हार्याे भने नेपाल सुपर थ्रीमा पुग्नेछ । बराबरीले पनि नेट रनरेटमा अघि रहँदै हङकङ सुपर थ्रीमा पुग्नेछ ।
महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।