माओवादी केन्द्रले युवाहरूलाई उद्यमशील बनाउने ,आइटी क्षेत्रलाई बिशेष प्राथमिकता दिने, १४ वटा नमुना आवासीय विद्यालय निर्माण गर्ने, प्रदेश मातहतको अस्पतालको पुर्वाधार, स्वास्थ्य उपकरण,जनशक्तिको गुणात्मक सुधार गर्ने, बसाइँसराई रोक्न पहाड र ग्रामीण क्षेत्र केन्द्रीत विशेष प्याकेज निर्माण गर्न सुझाव दिएको छ ।
रुग्ण र अलपत्र आयोजनालाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने, प्रदेशका ५६ वटा निर्वाचन क्षेत्रका शिक्षा, स्वास्थ्य, खानेपानी,सिंचाइ र सडकलाई प्राथमिकता राख्न सुझाव दिएको हो । त्यस्तै कृषिमा प्रोजेक्ट ऋण,स्टार्टअप ऋण, कृषि उत्पादन र प्रशाेधन र बजारीकरणमा सहयोग गर्ने नीति बनाउन सुझाव दिएको छ ।