वेटआउटफिल्डका ५ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४।३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि ओपनर शानजिन शाहजादले अविजित रहँदै १५ रन जोडिन् । १२ बल खेलेकी उनले १ छक्का पनि प्रहार गरिन् । मारिको हिलले ११ बलमा ११ रन बनाइन् ।
नेपालका लागि कविता कुँवरले १.३ ओभरमा ५ रन खर्चेर २ विकेट लिइन् । पुजा महतो महँगो बलर बनिन् । उनले २ ओभरमा १९ रन खर्चिइन् ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेट गुमाए २९ रन बनाएको थियो । नेपालका लागि ओपनर सम्झना खड्काले ७ बल खेल्दै १ चौका मदतमा सर्वाधिक १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जितपछि हङकङ ३ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट ३ अंकसहित नेपाल दोस्रो स्थानमा छ ।