विगतमा प्रवेश परीक्षा गर्दै आएको थियो ।यसरी प्रवेश परीक्षाको आधारमा विद्यार्थी भर्ना गराउदा पुर्वतयारी कक्षा चलाउने सस्ंथाहरुले विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराइदिने भन्दै रकम असुलेको साथै परीक्षा लिदा नकरात्मक हल्ला फैलिएपछि अवका दिनहरुमा एसइईमा प्राप्त अंकलाई नै आधार मानेर भर्ना गरिने सिटिइभिटीका परीक्षा नियन्त्रक उमेश मिश्रले जानकारी गराउनु भयो ।
यो नियम यही बर्षदेखि लागु हुने परीक्षा नियान्त्रक मिश्रको भनाई छ ।सिटिइभिटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका २०८२ तयार गरी कार्यान्वयनमा ल्याएको हो । उक्त निर्देशिकामा एसइई परीक्षामा प्राप्त जीपीएका आधारमा योग्यताक्रम सूची तय गर्ने व्यवस्था गरिएको छ ।
सरकारी वा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्णलाई थप अंकभारबापत एक र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अंकभार बापत ०.८५ दिने व्यवस्था गरिएको मिश्रको भनाई छ ।सिटिइभिटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाइनमार्फत फारम भर्ने व्यवस्थासमेत गरेको छ । आंगिक र सम्बन्धनप्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्नेछन् । निजी कलेजहरूले यसअघि नै ग्रेडका आधारमा भर्ना गर्न माग गर्दै आएका थिए । देशभर ६३ आंगिक र प्रतिष्ठान एवं निजी गरी चार सयभन्दा बढी कलेज रहेका छन् । ती कलेजमा २५ हजारभन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेका छन् ।