विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले मुलुकमा सबै क्षेत्रको अवस्था जर्जर रहेको टिप्पणी गर्नुभयो । खबर पूर्वाञ्चल अनलाइन पत्रिकाको १० औँ वार्षिकोत्सवको अवसरमा आज विराटनगरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
रिजालले आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयोे, ‘सरकारले बर्सेनि आन्तरिक र बाह्य ऋण लिएर यसरी कति दिनसम्म देश चल्छ भनेर प्रश्न उठाउनु पनि आवश्यक छ । १८ खर्बको बजेट बनाउने तर आय ११ खर्बभन्दा बढी नहुने अवस्था गम्भीर छ ।’
पत्रकारले आफ्नो शक्तिलाई चिन्न नसकेको पनि उद्योगी रिजालको भनाई छ। देशमा ब्याप्त समस्या र अर्थतन्त्रमा देखिएको चलखेलको बारेमा पत्रकारहरुले समचार नबनाएको उहाँले बताउनु भयो ।

देशको हालत समग्रमा जर्जर अवस्था आउनु र सुधार नहुनुमा सरकार र निजी क्षेत्र दुवैको हात रहेको पनि रिजालले बताउनु भयो । मुठ्ठी भरका उद्योगीलाई सरकारले काखी च्याप्दा समग्र निजी क्षेत्रलाई‌ असर परेको उहाँको भनाई छ ।

सरकारले आम सर्वसाधारणलाई लामो समय देखाएको तर माखो पनि नमारेको आरोप उहाँले लगाउनु भयो ।

28
Shares
२९ बैशाख २०८२, सोमबार २२:४४