काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेट्नु भएको छ ।

राजदूत श्रीवास्तवले आइतबार परिवारलाई भेटेर हार्दिक समवेदना व्यक्त गर्नुभएको हो ।

भेटमा उहाँले पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाईंमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन दिएको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

21
Shares
२९ बैशाख २०८२, सोमबार १०:२२