तर उहाँ कार्यक्रम स्थल पुग्नु अघि गेटमा साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईसहितले प्रवेश गर्न नदिने भन्दै अवराेध गरेको थियो ।
अध्यक्ष राईले पालिकाको याेजना कटाैती भएपछि स्थानीयले आक्रोश व्यक्त गरेको बताउनुभयो । पालिकाकाे बजेट अन्यन्त्र लगिएकाे बताउँदै उहाँले पालिका प्रमुख भएका कारण स्थानीयको नेतृत्व गर्दै मन्त्रीको कार्यशैलीको विरोध गरेको बताउनुभयो।
प्रहरीले बल प्रयाेग गरेर मन्त्री राईलाई सुरक्षित स्थान तर्फ लगेकाे थियाे । त्यसपछि कार्यकर्ताले नाराबाजी गरे ।