नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाका विश्वास पात्र ढकाललाई आगामी अधिवेशनबाट मोरङ कांग्रेसको सभापति बनाउने संस्थापन पक्षले तयारी सुरु गरिसकेको छ ।
संस्थापन इतर पक्ष अर्थात् संघिय सांसद डा. शेखर कोइरालाको समूहबाट नागेश कोइराला र ललित श्रेष्ठले सभापति पदको लागि दावेदारी प्रस्तुत गरेका छन् । कोइराला नेपाली कांग्रेस मोरङका उपसभापति र विराटनगर महानगरपालिकाका मेयर रहेका छन् । श्रेष्ठ नेपाली कांग्रेस मोरङको सचिव पदमा बहाल रहेकाछन् ।