विराटनगर । यातायात व्यवस्था कार्यालयको फेसबुक पेज बनाएर लाइसेन्स बनाइदिने भन्दै ठगहरु सक्रिय भएका छन् ।
एक हप्तामै विना लिखित र ट्रायल नै नदिई लाईसेन्स बनाइदिने भन्दै यातायात व्यवस्था कार्यालयको नाम राखेको फेसबुक पेजमा प्रचारप्रसार भइरहेको छ। जुनसुकै सवारी साधनको चालक अनुमतिपत्र नागरिक एपमा समेत देखाउन मिल्ने गरी बनाइदिने उक्त पेजमा म्यासेज गर्दा देखिन्छ।
सो पेजमा बाइकको लाइसेन्स बनाउन ९ हजार ५ सय, कारको लागि १४ हजार ५ सय र ठुला सवारी साधनको लागि २४ हजार ५ सय रुपैयाँ लाग्ने बताइएको छ ।

यसरी भइरहेको गैरकानुनी प्रचारप्रसारले सोझा साझा जनता ठगीमा पर्ने सम्भावना बढेको छ।

245
Shares
२० बैशाख २०८२, शनिबार १२:५१