
ग्राहकको सहजतालाई ध्यानमा राख्दै जानकी फर्निचर उद्योगले विराटनगरका तीन स्थान बरगाछी, बुद्धचोक र मेनरोडमा आफ्ना शाखाहरू विस्तार गरेको छ।

यस उद्योगका संचालक प्रतिक पौडेल एक सफल र अग्रगामी युवा व्यवसायी हुन्। उनी होटल, रेष्टुरेन्ट, सर्जिकल, ट्रेडिङ र अनलाइन लगायत अन्य व्यवसायमा समेत सक्रिय रहँदै आएका छन्। साथै, विभिन्न संघ–संस्थामा आवद्ध भएर सामाजिक कार्यमा पनि उल्लेखनीय योगदान दिँदै आएका छन्।
व्यवसायी पौडेल युवाहरूका लागि प्रेरणादायी उदाहरण हुन्, जसले देखाएका छन् कि नेपालमै बसेर पनि ठूलो सफलता हासिल गर्न सकिन्छ।