विराटनगर । विराटनगरमा शुक्रबार अपरान्ह बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटना विराटनगर महानगरपालिका–५ इक्राहीमा भएको हो । बाँस लोड गरेर दावाबन्दीबाट केशलियातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त ०४१० नम्बरको ट्याक्टर पल्टिएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर ट्याक्टरमा सवार सुनसरीको बर्जु गाउँपालिका–२ का ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका साहलाई उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर लम्सालले बताए ।

दुर्घटनालगत्तै ट्याक्टर चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी तीव्र पारेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

3
Shares
१२ बैशाख २०८२, शुक्रबार २०:२६