काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले अवहेलनाको निवेदन दिएका हुन्।

महामन्त्री थापाले बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विवादमा सर्वोच्चले डिल गरेको बताएका थिए।

निवेदनमा थापाको उक्त अभिव्यक्तिबाट अदालतको अवहेलना भएकोले कारबाही गर्नुपर्ने माग गरिएको छ।

3
Shares
१२ बैशाख २०८२, शुक्रबार २०:१२