काठमाडौँ । चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका ‘कमाण्डर’ दुर्गा प्रसाईं र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २२ जनालाई ३ दिनको म्याद थपिएको छ ।

जिल्ला प्रहरी परिसरका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार राज्यविरुद्धको कसुरमा अनुसन्धानमा रहेका २२ जनालाई नै अदालतबाट पुन: ३ दिनको म्याद थप भएको हो ।

काठमाडौं जिल्ला अदालतको आदेशमा ३ दिनमा अनुसन्धान नसकिए हाजिरी जमानीमा छाडेर अनुसन्धान गर्न भनिएको अदालतका सूचना अधिकारी दीपककुमार अधिकारीले बताए ।

राजावादीहरुको हिंस्रक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । प्रहरीले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहितका नेताहरु र अन्य गरी ८४ जनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

21
Shares
१० बैशाख २०८२, बुधबार २०:१५