त्यही बेला जंगलबाट २ जना आर्मीको ड्रेसमा आए उनिहरुले टुरिस्टको नाम सोध्न थाले। टुरिस्टले आफ्नो नाम भने। जंगलबाट आएका एक ब्यक्तिले यी मुस्लीम नभएको बतायो। त्यसलगतै पिस्तोल निकाल्यो र टुरिस्टको टाउकोमा गोली प्रहार गर्याे । करिब १० मिनेट सम्म लगातार गोलि चलिरह्यो। गोली चल्न थालेपछि टुरिस्ट तथा छेउछाउको पसलमा भागदौड मच्चियो। आतंकवादी हमला भएको खबरहरु आउन थालले। मध्यरात सम्ममा करीब २७ जनाको निधन पुष्टि भयो।

हनिमुन मनाउन जाँदा पत्नीकै अगाडि गोली प्रहार
उक्त घटनामा हरियाणाका लेफ्टिनेन्ट विनय नरवाला र कानपुरका शुभमलाई आतंकवादीले उनीहरुको श्रीमतीकै अगाडी गोली प्रहार गरेर हत्या गरेका थिए। दुबैको केही दिन अघि माबै विवाह भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। हरियाणाका २६ वर्षीय विनय नरवालाको ७ दिन अघि मात्र विवाह भएको थियो। उनकी श्रीमती हिमांशी नरवाला उक्त घटनामा सुरक्षित रहेकी छिन्। उनले एक भिडियोमा भेलपुरी खाँदै गर्दा एक आतंकवादीले नाम सोधेर मुस्लीम नभएको भन्दै कन्चटमा गोली प्रहार गरेको र घटनास्थलमै उनको मृत्यु भएको जानकारी दिएकी छिन्।
नेपालका सुदिपले पनि गुमाए ज्यान
उक्त आक्रमणमा परी नेपालका २७ वर्षीय सुदिप न्यौपानेले पनि ज्यान गुमाउन पुगे। उनी परिवारसहित घुम्न त्यहाँ पुगेको जनाइएको छ। उनकी आमा रिमा, बहीनी सुष्मा र ज्वाइ उज्जवल काफ्ले लगायत भने सकुशल रहेको जनाइएको छ। कश्मिरमा मारिएका न्यौपाने लगायत उद्दार गरिएका नेपालीहरुलाई भोली सम्ममा नेपाल ल्याइ पुर्याइन सक्ने जनाइएको छ। कश्मिरबाट दिल्ली र दिल्लीबाट नेपाल ल्याउने जनाइएको छ।
६ वर्षपछि ठुलो आतंकवादी आक्रमण
पहलगाममा भएको आक्रमण पछिल्ला ६ वर्षमा भएकव सर्वाधिक ठुलो आतंकवादी आक्रमण थियो। यसअघि पुलवामा भएको आतंककारी आक्रमणमा ४० शैन्य अधिकारीहरु मारिएका थिए। निहत्था सर्वसाधारणमाथि भएको यो आक्रमणको विश्वभरबाट कडा शब्दमा निन्दा भइरहेको छ।
यसभन्दा अघि ती स्थानमा आतंकवादीले टुरिस्टहरुमाथि आक्रमण गर्दैन थिए। विज्ञहरुका अनुसार यो आक्रमणको एक्लो उदेश्य हिन्दु(मुस्लीम दंगा भड्काउनु हो। देशभर हिन्दु मुस्लीम दंगा भड्काएर असान्ती र मानवीय क्षतीको उदेश्य देखिन्छ।
केही आक्रमणकारीहरुले होटल पछाडी झाडीबाट फायरिङ गरेका थिए। आक्रमणका दौरान ४,५ जना घट्नास्थलमै ढले। लगातार मानिस ढलेको र गोलीको आवाज आएपछि आसपासका मानिस त्यहाँ पुगेका थिए। उनीहरुले घाइतेलाई सहयोग गर्ने कोसी समेत गरेका थिए।

त्यसोत मारिनेहरु अधिकांस भारतीय भएपनि नेपाल र साउदीका व्यक्तिपनि रहेको जनाइएको छ। केही समय पछि घटनास्थलमा सुरक्षा कर्मी पुगेका थिए। उनीहरुले त्रिपालले शवहरु छोपेर राखे।
घटनास्थलमा रहेका केही व्यक्तिहरुले बेलुन पड्कीएको र मानिसहरु भाग्न थालेपछि फायरिङ सुरु गरिएको बताएका छन्। करिब १० मिनेटको फायरिङमै मानिसहरु खुनको आहालमा डुबे। मनोरञ्जन र प्राकृतिक न्यानोपनको आभासमा त्यहाँ पुगेकाहरु एकाएक विभित्स हत्याको सिकार भए। छिनभरमै कयौंको सपना आतंकवादीहरुको निसानामा खरानी भयो।

भारतीय सञ्चारमाध्यामहरुले आक्रमणको पछाडी आतंकवादी संगठन लश्कर(ए–तैयबाको हात रहेको दाबी गरेका छन्। घटनाको जिम्मेवारी लश्कर(ए–तैयबाको भगीनी संगठनका रुपमा रहेको विंग द रजिस्टेन्स फ्रन्ट (टिआरएफ) ले लिएको छ। त्यसोत जम्मू(कश्मीरमा कुनै एउटा मात्र संगठन सकृय रहेको छैन्। त्यहाँ द रजिस्टेन्स फ्रन्ट (टिआरएफ), पिपुल्स एन्टी फासिस्ट फ्रन्ट (पिएएफएफ), जम्मु एन्ड कश्मीर गजनवी फोर्स (जेकेजीएफ), कश्मिर टाइगर्स (केटी) लगायत आतंकवादी संगठनहरु सकृय रहेको जनाइएको छ।
संग्दिघ्द तीन जनाको स्केच सार्वजानिक
यसैबीच, भारतीय सुरक्षा निकायले हमलामा संलग्न रहेको आसंकामा तीन जना आतंकवादीहरुको स्केच सार्वजानिक गरेको छ। जसमा आसिफ फौजी, सुलेमान शाह, अबु तल्लाह रहेको जनाइएको छ। घटनामा मारिएकालाई भारतका गृहमन्त्री अमित शाहले ऋदाञ्जली दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी भ्रमण छोट्याएर स्वदेश फर्किने निर्णय गरेका छन्। विश्वभरका सञ्चारमाध्यामहरुले आतंकवादी आक्रमणको समाचारलाई प्राथमिक्ताका साथ प्रकाशन, प्रशारण गरीरहेका छन्। भारतका रक्षा मन्त्री राजनाथ सिंहले उचित समयमा भारतले यसको जवाफ दिने बताएका छन्। अनुसन्धानका लागि सुरक्षा टोलीहरु घटनास्थलमा रहेका छन्। (देशसञ्चारबाट)